निहारिकाको विषयमा राष्ट्रपतिको चासो : कानुनमन्त्री र महान्यायाधिवक्तासँग छलफल

  • कालिका खवर
  • शनिबार, साउन २८, २०७९
  • राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयबाहिर आत्मदाहको प्रयास गर्ने निहारिका राजपुतको विषयमा चासो देखाएकी छन् ।

    उनले शनिबार कानुन, न्याय तथा संसदीय मामिलमन्त्री गोविन्द बन्दी र महान्यायाधिवक्ता खम्मबहादुर खातीलाई बोलाएर निहारिका राजपुतको विषयमा चासो राखेकी हुन् ।घटनाको भोलिपल्ट राष्ट्रपति भण्डारीले सोबारेमा चासो देखाएकी हुन् । ‘राष्ट्रपतिले घटनाको विषयमा चासो राख्नुभएको छ, हामीले स्वाभाविक रुपमा लिएका छौं’ कानुनमन्त्री बन्दीले अनलाइनखबरसँग भने ‘यस विषयमा हामीले गरेका कामका विषयमा उहाँलाई जानकारी गराएका छौं ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs