‘प्रेमगीत ३’मा जोडिए बलिउड गायक जुबिन नौटियाल, रेकर्ड गराए रोमान्टिक गीत

  • कालिका खवर
  • शनिबार, भदौ ४, २०७९
  • जुबिन नौटियाल यतिबेला बलिउड पाश्र्वगायनको एक अग्लो नाम । गत महिना ‘रात लम्बियाँ’ गीतबाट उनले प्रतिष्ठित आइफा अवार्डको ट्रफी उचाले ।

    सन् २०१४ को फिल्म ‘सोनाली केबल’ फिल्मको गीत ‘एक मुलाकात’बाट बलिउड गायनमा डेब्यु गरेका नौटियालको चर्चा पछिल्लो समय चुलिएको छ । ‘कबीर सिंह’को हिट ट्रयाक ‘तुझे कित्ना चाहेँ और हम’, मर्जाबन फिल्मका ‘किन्ना सोना’ र ‘तुम ही आना’ले त उनलाई बलिउड चार्टबस्टरमा स्थापित नै गरे ।बलिउडका यी चर्चित पाश्र्वगायक यतिबेला भने नेपाली फिल्मसँग जोडिएका छन् । नेपाली फिल्म ‘प्रेमगीत ३’को हिन्दी संस्करणका लागि नौटियालको एक रोमान्टिक गीत रेकर्ड भएको छ । शुक्रबार मुम्बईस्थित उनकै स्टुडियोमा ‘कोही ना कोही नाता हे…’ गीतमा नौटियालले स्वर दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs