काठमाडौँ ७ मा हालसम्मको स्थितिमा म अगाडी छु : किरण केसी , स्वतन्त्र उम्मेदवार

  • कालिका खवर
  • मङ्लबार, कार्तिक २२, २०७९
  • देशैभर स्वतन्त्रहरुको उम्मेदवारीले चर्चा कमाएको छ । स्वतन्त्र मध्येमा कसले जित्छ यकिनका साथ भन्न नसकिएपनि यसपाली स्वतन्त्रहरुले उल्लेखनीय मत लेराउने प्रष्ट देखिन्छ । केहि स्वतन्त्र उम्मेदवारहरुलाई दलले नै बिलय गराएका छन । केहि स्वतन्त्र नाम मात्रका छन भने केहि स्वतन्त्र पार्टीका डमी उम्मेदवार छन । प्रस्तुत छ काठमाडौँ ७ का स्वतन्त्र उम्मेदवार किरण केसी संग चुनाव बारे गरिएको कुराकानी ।

    प्रश्न १. पहिलो पटक चुनाव लड्दै हुनुहुन्छ । कस्तो अनुभव भैराछ ?
    → म सुरु देखि नै उत्साहित छु । रोचक रोचक अनुभव भैराछ । अनएक्स्पेक्टेड मतदाताहरु भेट भैराख्नु भएको छ । सबै कुरा स्मुथ्ली गैरहेको छ । तर यहीं काठमाडौँ ७ मै यस्तो मतदाता पनि भेटे जसलाई चुनाव बारे केहि ज्ञान , सरोकार , उत्साह छैन । को मंत्री बन्न लागेको भन्छन ।

    प्रश्न २.तर मिडियाले त काठमाडौँ ७ मा अरु नै बलियो छ भन्छ त ?
    → मिडिया चाही म प्रति बायस्ड नै छ । दुइ महिना अघि देखि मैले घरदैलो सुरु गरेको हो । घरदैलो सक्ने म मात्र एउटा क्यान्डीडेट हो सातको । उम्मेद्वारी दर्ताको दिउँसो सम्म कोको उम्मेदवार बन्दैछ पार्टीहरु क्लियर थिएनन । तर मिडियाले खालि पुर्वाप्रमको छोरी , रामवीर मानन्धर र श्याम घिमिरे मात्र चर्चा गर्छ । मैले यहाँ घरदैलो गर्दा बुझेको रामवीर मानन्धर मात्रै मैले बलियो देखे अरुको जमानत जफत हुन सक्छ । स्वयम् कांग्रेस , माओबादी , एसले नै अस्मिता सिंहको उम्मेद्वारीलाइ सिरियसली लिएका छैनन । मिडियाले भोट हाल्ने हो भने मानुषी सिंहले जित्नु होला सबै मिडियाले उहाँलाई नै स्पेस दिएकाछन । तर मतदाताले हाल्ने हो भने चाही किरण केसीको जित पक्का छ ।

    प्रश्न ३.तपाइले जित्ने आधार केके हुन ?
    → मेरो एजेन्डा नै प्रमुख आधार हो चुनाव जित्ने । त्यसपछि पुराना प्रतिको वितृष्णा र नयाँ प्रतिको आकर्षण । म सानो उमेरमै धेरै अनुभव लिएको मान्छे हुँ । म स्वावलाम्बी मान्छे हुँ । म यहींको लोकल पनि हुँ माछापोखरी वसन्तनगर मेरो घर हो । अनि मैले अरुले भन्दा १ महिना अघि नै घरदैलो गरे । धेरै मतदाता संग जोडीए । रणनीतिक कुरा भएकोले सबै कुरा खुलाउन त मिल्दैन तर मलाइ अरु पार्टीका असन्तुष्ट मत पनि आउनेछ । चरण चरणमा कुरा भएको छ ।

    प्रश्न ४. काठमाडौँ ७ मा ककसलाई बलियो प्रतिष्पर्धी देख्नु हुन्छ ?
    → मैले घरदैलो गर्दा देखेको चाहि रामवीर मानन्धर सर हो । उहाँको व्यक्तिगत पकडमा भएको मत नै ३-४ हजार रहेछ । त्यहि भएर उहाँ स्वतन्त्र उठ्नु भएको रहेछ । श्याम घिमिरेलाई एमालेले नै महत्वका साथ लिएको छैन । कांग्रेसको उम्मेदवार नै छैन । हो कोहि मतदाताले स्वतन्त्रहरु मिलेर आए हुन्थ्यो भन्नु भो । तर म एजेन्डा नमिल्ने र बार्गेनिंग गर्नेहरु संग मिल्न चाहिंन । वास्तवमा म मात्रै यहाँ वास्तविक स्वतन्त्र हुँ । मलाइ अनेक अफर आएका थिए । तर म कतै लोभमा नफसी निरन्तर चुनावी प्रचारमा छु ।

    प्रश्न ५. तपाईका राजनीतिक एजेन्डा केके हुन ?
    → मुलत म अहिलेको व्यवस्था संग , संविधान संग , संरचना संग सहमत छु । म खासगरी विकासको एजेन्डामा फोकस छु । मतदातालाई त्यो पढ्न आग्रह गर्दछु ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs