सिटौलासँग आशीर्वाद लिन पुगे विश्वप्रकाश

  • कालिका खवर
  • आइतवार, पुस ४, २०७८
  • नेपाली काँग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले नेता कृष्णप्रसाद सिटौलाबाट बधाई तथा आशीर्वाद ग्रहण गरेका छन् । आइतबार सिटौला निवास चण्डोल पुगेका  शर्मालाई सिटौलाले आशीर्वादसहित टीका र खादा लगाइदिएका हुन् ।  प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीमा निर्वाचित भएका शर्माले चार दिन पछि सिटौलालाई भेटेका हुन् । शर्मा पुस १ गते महामन्त्रीमा निर्वाचित भएका थिए । काँग्रेसका पूर्वमहामन्त्री सिटौला र नवनिर्वाचित महामन्त्री शर्माको गृहजिल्ला झापा नै हो । काँग्रेस राजनीतिमा सिटौला र शर्मा पछिल्लो समय एउटै कित्ता छैनन् । झापाको काँग्रेस राजनीतिमा सिटौला र शर्माबीच चर्को प्रतिस्पर्धा रहँदै आएको छ । bi?

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs