महानगरमा भागबण्डा मिल्यो, कसले कति पाए ?

  • कालिका खवर
  • सोमवार, बैशाख ५, २०७९
  • काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ गठबन्धनमा महानगरपालिकाको भागबण्डाबारे सहमति भएको खुलासा गरेका छन् । पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा सत्ता गठबन्धनमा ६ महानगरको भागबण्डा मिलेको उनले बताए ।

    उनका अनुसार पाँच दलीय गठबन्धनका मुख्य चार दललाई भाग पुग्ने गरी महानगर विभाजन गरिन लागिएको छ । तीन महानगर नेपाली कांग्रेस र बाँकीलाई एक-एक सिट दिने सहमति भएको उनको भनाइ छ ।।

    उनले भने, ‘६ महानगरमा कांग्रेसलाई ३, माओवादी, एकीकृत समाजवादी र जसपालाई एक-एक सिट दिने लगभग सहमति भएको छ। आजै बेलुकी बैठक बसेर महानगर र उपमहागर गरी १७ पालिकाको टुंगो लगाउँछौं ।’

    प्रचण्डले यही लाइनमा आफूहरु सहमति नजिक पुगेको पनि दाबी गरे । उनले भने, ‘करिब करिब हामी यहि लाइनमा निष्कर्षनजिक छौं । उपमहानगरपालिका पनि त्यही मोडलबाट टुंग्याउने तयारी छ ।’

    काठमाडौं, ललितपुर र विराटनगरमा कांग्रेस, भरतपुरमा माओवादी, पोखरामा एकीकृत समाजवादी र वीरगञ्जमा जनता समाजवादीले लिने करिब करिब सहमति भएको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs