पुष्पकमल दाहाल ‘प्रचण्ड’ अचेल सेयर बजार विरूद्ध रीस पोखदै

  • कालिका खवर
  • बिहिबार, पुस १५, २०७८
  • कालिका खबर : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अचेल सेयर बजार विरूद्ध  आक्रामक रूपमा प्रस्तुत भइरहेका छन्।

    उनले माओवादी केन्द्रको मंसिर २६ गते सातै प्रदेश अधिवेशनको उद्घाटनका क्रममा सेयर बजार ‘साम्राज्यवादको विकसित रूप’ भनेर टिप्पणी गरेका थिए।

    प्रदेश अधिवेशनमा प्रचण्डले भनेका थिए, ‘पहिला पहिला पुँजीको लगानी उद्योग, उत्पादनमा हुन्थ्यो। त्यहाँबाट आउने नाफा पुँजीपतिहरूले लिन्थे। आजभोलि पुँजीको लगानी उत्पादनमा हुँदैन, मुख्यतया पुँजीको लगानी पुँजीमै हुन्छ।’

    पुँजीको लगानी पुँजीमै हुने वित्तिय पुँजीवादको विशेषता भएर देखा परेको भन्दै उनले धितोपत्र, सट्टा बजार, अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक र एसियाली बैंक त्यसैको रूप भएको प्रचण्डको जिकिर छ।

    भाषणमा मात्र होइन, माओवादी केन्द्रको जारी महाधिवेशनमा पेश गरेको राजनीतिक प्रतिवेदनमा पनि उनी सेयर बजार विरूद्ध आक्रामक देखिएका छन्। प्रतिवेदनमा उनले छोटो समयमै अकुत सम्पत्ति कमाउन सेयर बजारमा लगानी हुने गरेको लेखेका छन्। यसबाट केही पुँजीपतिले लाभ लिएको भन्दै उनले आलोचना गरेका छन्। केही पुँजीपतिले विश्व अर्थव्यवस्था आफ्नो नियन्त्रणमा ल्याउन प्रयास गरेको प्रचण्डको जिकिर छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs