विद्युतमा ‘बरदान’ बन्दै माथिल्लो तामाकोशी

  • कालिका खवर
  • शुक्रबार, पुस १६, २०७८
  • काठमाडौं । पछिल्ला दिनमा नदीमा पानीको सतह घट्दै गएपनि धेरै बिजुली माग हुने पिक आवर (बिहान–बेलुकी)मा भारतबाट आयात हुने विद्युतको परिमाण न्यून छ । नेपाल विद्युत प्राधिकरणको भारप्रेशण केन्द्रका प्रमुख सुरेशबहादुर भट्टराईको भनाइ मान्ने हो भने पिक आवरमा विद्युतको माग व्यवस्थापन गर्न मूल रुपमा नेपालकै जलविद्युत परियोजनाको बिजुली प्रयोग गरिँदै छ । यलाई सम्भव बनाएको हो, माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले ।

    प्राधिकरणको प्रवक्ता समेत रहेका भट्टराईको भनाइमा पिक आवरमा थोरै बिजुली आयात गरेरै प्रणालीमा माग व्यवस्थापन सम्भव बनाउन ४५६ मेगावाटको माथिल्लो तामाकोशी बदरदानजस्तै बनेको छ । उनका अनुसार एउटा ठूलो आयोजना थपिँदा विद्युत् प्रणालीमा माग र आपूर्तिको व्यवस्थापन गर्न कति सहज हुन्छ भन्ने प्रमाण तामाकोशी हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs