नबिलसँग मर्ज हुँदा बंगलादेश बैंकको सेयर किन्ने लगानीकर्तालाई फाइदाको आसमा घाटा

  • कालिका खवर
  • आइतवार, पुस १८, २०७८
  • काठमाडौं– नबिल र बंगलादेश बैंकबीच मर्जको अन्तिम तयारीका लागि छलफलहरू भइरहेका छन्। नेपाल बंगलादेश बैंक (एनबी) मा रहेको आईएफईसीको सेयर बिनोद चौधरीकी श्रीमती सारिका चौधरीले खरिद गरेसँगै नबिल बैंकसँग मर्जर प्रक्रियाले औपचारिकता पाइसकेको छ।

    दुवै बैंकले मर्जरको लागि मर्जर समिति गठन गरिसकेका छन्। मर्जर समितिले सेयर मिलान अनुपात (स्वाप) लगायत विषयमा छलफल गरेर सहमति गर्ने छ। नबिल बैंकले चौधरी ग्रुपको लगानी रहेको युनाटइटेड फाइनान्सलाई प्राप्ति गरेको थियो। युनाइटेडलाई नबिल बैंकले ३५ रुपैयाँ स्वाप रेसियोमा आधारमा प्राप्ति गरेको थियो।

    तर मर्जको तयारीसँगै नेपाल बंगलादेश बैंक (एनबी) को सेयर किन्नेहरूको होड नै चलेको छ। सेयर मूल्य र लाभांशका हिसाबले नबिल बैंक अगाडि रहेको छ। त्यसैले पनि सस्तो सेयर मूल्य भएको बैंक र महँगो मूल्यको बैंकमा मर्ज हुँदा सस्तो बैंकको सेयर किन्न लगानीकर्ता झुम्मिनु स्वभाविकै हो।

    तर स्वाप रेसियो कति भनेर टुंगो नलागेसम्म सेयर खरिद मात्रै गर्दा कहिलेकाहीँ लगानीकर्ताहरू घाटामा जाने पनि गरेका छन्। स्वाप रेसियो १ः१ हुँदा बंगलादेश बैंकको सेयर खरिदकर्ता मालामाल हुनेछन्। तर उक्त स्वाप रेसियोमा नबिल व्यवस्थापनले पक्कै पनि मर्ज गर्दैन। यसअघि नबिल बैंकले सिभिल बैंकलाई मर्जको प्रस्ताव गर्दा ४० को रेसियोमा प्रस्ताव गरेको थियो। तर सिभिल बैंकको उक्त प्रस्ताव ठाडै अस्वीकार गरेको थियो।

    स्वाप रेसियोको विषय नटुंगिए पनि लगानीकर्ताहरूले भने एनबी बैंकको सेयर गत सातादेखि धमाधम किनेका छन्। यो साताको अन्तिम दिन बुधबार पनि बंगलादेश बैंकको सेयर प्रतिकित्ता ३३.५० रुपैयाँले बढेर ४०२.५० रुपैयाँ कायम भएको छ। जुन ९.०८ प्रतिशतले बढी हो। नबिलसँग मर्जकै हल्लामा सेयर बढ्दै गयो भने बंगलादेश बैंकको सेयर मूल्य ७ सयदेखि ९ सयसम्म

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs