महानगरवासीले दिएकाे जिम्मेवारी आफूले पूरा गरेकाे मेयर शाक्यकाे दाबि

  • कालिका खवर
  • शनिबार, चैत्र ५, २०७८
  • काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरवासीले दिएको धेरै जिम्मेवारी आफूले पूरा गरेको दाबी गर्नु भएको छ ।

    मेयर शाक्यले सबै वडालाई प्रशस्त बजेट दिएर आफूले काम गर्ने उचित वातावरण बनाइ दिएको पनि बताउनु भयो । शनिबार काठमाण्डौ महानगरपालिका वडा नम्बर १४ को वडा कार्यालय भवन उद्घाटन गर्दै उहाँले महानगरवासीको सबै चाहना पूरा गर्न नसके पनि उनीहरुले सुम्पेको धेरैजसो जिम्मेवारी आफूले पूरा गरेको बताउनु भयो । त्यसका लागि सबै वडामा प्रशस्त बजेटको व्यवस्था गरेको उहाँको भनाई थियो ।

    मेयर शाक्यले सबै वडा कार्यालयहरुलाई काम गर्न उचित वातावरण बनाएर आफूले अभिभावकीय भूमिका निर्वाह गरेको जिकीर पनि गर्नु भयो । सबै वडाहरुलाई प्रशस्त बजेट दिने, काम गर्ने वातावरण बनाउने र त्यसका लागि आवश्यक टिम परिचालन गर्ने काममा आफूले कमी हुन नदिएको उल्लेख गर्दै मेयर शाक्यले सबै काम सम्पन्न नै भक्षसक्यो भनेर भने आफूले नभन्ने बताउनु भयो ।

    उहाँले विकास, निर्माणको काम निरन्तरको काम भएको भन्दै त्यसमा आफूले सकेको योगदान दिएको बताउनुभयो । उहाँले मुद्दा मामिलाका कारण पनि महानगरपालिका अन्तर्गतका सबै वडा कार्यालय बनाउन नसकिएको स्पष्टिकरण दिनु भयो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs