पूर्वी युक्रेनमा रुसविरुद्ध लड्न युक्रेनी सेना तयार

  • कालिका खवर
  • बिहिबार, चैत्र १७, २०७८
  • युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पूर्वीयुक्रेनमा थप लडाइँका लागि आफ्नो सेना तयार रहेको रुसलाई चेतावनी दिएका छन् । रुसले युक्रेनविरुद्धको लडाइ कम गर्ने बताइरहेका बेला राष्ट्रपति जेलेन्स्कीको उक्त भनाइ आएको हो ।‘हामी केही पनि दिनेछैनौँ । हामी हाम्रो क्षेत्रको प्रत्येक मिटरको लागि लड्नेछौं’, उनले थपे । मंगलबार इस्तानबुलमा भएको शान्ति वार्तापछि एक रुसी वार्ताकारले मस्कोले राजधानी किभ र उत्तरी सहर चेर्निगिभ वरपर भएका आक्रमण कटौती गर्ने बताएका थिए । तर, पनि रुसी सेनाले निरन्तर गोलाबारी गरेको थियो । ukren

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs