ग्याँस उद्योगहरूले रोके ग्याँस बिक्री

  • कालिका खवर
  • बिहिबार, चैत्र १७, २०७८
  • काठमाडौं । नेपाल आयल निगमले कमिसन कटौती गरेको विरोधमा ग्याँस उद्योगहरुले आजबाट बिक्रेताहरुलाई ग्याँस बिक्री वितरण बन्द गरेका छन् ।

    कमिसन कटौतीको विरोधमा नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसन, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र नेपाल एलपी ग्याँस उद्योग संघले संयुक्त रुपमा आन्दोलन गर्दै आएका छन् । राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिको आह्वानमा पूर्वघोषित आन्दोलनका कार्यक्रम अनुसार आजबाट एलपी ग्याँस उद्योगीहरुले बिक्रेतालाई बिक्री वितरण बन्द गरेका हुन् ।कमिसन कटौतीको निर्णय नसच्याए चैत २० गतेदेखि देशभर ग्याँस र पेट्रोलियम पदार्थको बिक्री बन्द गर्ने चेतावनी उनीहरुले दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs