सुश्री घलेको एक सय एकाउन्न पुस्तक सार्वजनिक हुँदै

  • कालिका खवर
  • शनिबार, बैशाख ३, २०७९
  • काठमाडौं, ३ वैशाख । वरिष्ठ साहित्यकार भद्रकुमारी घलेद्वारा लिखित विभिन्न विधाका एक सय ५१ पुस्तकहरु वैशाख दश गते विमोचन हुने भएको छ ।

    भद्रकुमारी घले सेवा सदनको वार्षिक साधारण सभाका अवसरमा दश गते पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको प्रमुख आतिथ्यतामा पुस्तक विमोचन हुने भएको हो । यस बारे आज काठमाडौंमा एक पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी जानकारी दिइएको हो ।

    कार्यक्रममा बोल्दै पत्रकार प्रकाश समीरले विविध विधाका साहित्य, संस्कृति, कला र आफ्नै जीवन भोगाइसँग सम्बन्धित १४१ पुस्तकहरु प्रकाशित गरिसकेकी घलेले यस अघि एउटै मञ्चबाट ४९ पुस्तकहरुको एकसाथ विमोचन गरिसकेकी जानकारी दिए ।

    नौ दशक उमेर पार गरिसेककी घलेले गरेको यो कार्य समाजका लागि उदाहरणीय रहने विश्वास गरिएको छ भद्रकुमारी घले सेवा सदन साहित्यिक समितिका अध्यक्ष समेत रहेका समीरले बताए । पत्रकार सम्मेलनमा प्रेस विज्ञप्ती जारी गर्दै समीले भने ‘भद्रकुमारी घलेको यो कार्य ऐतिहासिक कार्य हो । एउटै व्यक्तिले एक सय एकाउन्न पुस्तक प्रकाशित गरेर विमोचन गरेको पहिलो रेकर्ड भएको भन्दै यसर्लाइ गिनिज बुकसम्मको यात्रामा लैजाने छौं ।’

    १५१ पुस्तकहरुमा निबन्ध, कविता, र भजन सङ्ग्रहहरु हुनेछन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs