काठमाडौंमा स्थापितलाई रोक्न सकिँदैन

  • कालिका खवर
  • बुधबार, बैशाख २१, २०७९
  • काठमाडौं । स्थानिय चुनाव नजिकिदै गर्दा नेकपा एमालेबाट काठमाडौ महानगर मेयरका उम्मेदवार केशव स्थापितमाथि विभिन्न  षडयन्त्र भैरहेको छ। गत बैशाख १५ गते बिहिबार  काठमाडौंको नेशनल कलेजले आयोजनामा गरेको ‘स्थानीय चुनावमा युवाको आशा र जिज्ञासा’ विषयक अन्तरक्रिया कार्यक्रममा उनलाई मीटु जोडेर नियोजित रुपमा प्रश्न सोधिएको थियो। उक्त कार्यक्रममा अनावश्यक कलोकल्पित ,योजनावद्द, षडयन्त्रले प्रश्न सोदिएको थियो ।
    अहिले सामाजिक संजालमा केशव स्थापित पक्षमा जनसागर उर्लदै यस्तो षडयन्त्रपुर्वक गतिविधिको जनस्तरबाट  विरोध आइरहेको छ । विकासप्रेमी नेताको रुपमा चिनिने स्थापितले जित्ने निश्चित जस्तै भएपछी विभिन्ना भ्रम फैलाउने कार्यहरु धेरै समय टिकेन ।

    बिगतका चुनावमा पनि एमाले पार्टीले नै किल्ला गाडेको क्षेत्र मात्र नभै केशव स्थापित आफैपनि समाजसेवी,अनुभवी कुशल राजनीतिज्ञ भएकोले पनि उनको जित पक्का देखिएको जानकारहरु बताउछन् ।
    उनीमाथि उठेको बिभिन्न भ्रमलाई चिर्न महानगरले समेत बिज्ञप्ति निकाली सकेको छ।

    स्थापितको पक्षमा जनता उर्लेको देखेर केही विपक्षहरु योजनाबद्ध तवरले लागेको बताइन्छ तर स्थापितलाई रोक्न जति षडयन्त्र गरेपनि सफल नहुने त्यहाका मतदाताहरुको बुझाइ छ। केशव स्थापित महानगरको सान हुन्,महानको समृद्धिको लागि उनी मेयरमा आउन जरुरी छ त्यसैलेपनि जति षड्यन्त्र गरेपनि सम्भव नहुने र महानगरका जनताले जिताइ छाड्ने जनाइएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs