आज रातिदेखि कालीगण्डकीकाे बिजुली भारतलाई बेच्न थालिने

  • कालिका खवर
  • शनिबार, जेष्ठ २१, २०७९
  • नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको १४४ मेगावाट जडित क्षमताको कालीगण्डकी ‘ए’ विद्युत् गृहबाट उत्पादित बिजुली भारत निर्यात सुरु हुने भएको छ । प्राधिकरणले कालीगण्डकी विद्युत् गृहबाट उत्पादित बिजुली आज शनिवार राति १२ बजेदेखि निर्यात सुरु गर्न लागेको हो ।

    प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आईईएक्स) मा बिहीवारदेखि त्रिशूली र देवीघाट जलविद्युत् गृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रूपमा झन्डै ३९ मेगावाट बिजुली निर्यात गरिरहेको छ । कालीगण्डकीको पनि सुरु भएसँगै प्राधिकरणले १७७ दशमलव ७ मेगावाट बिजुली भारत निर्यात गर्ने छ । कालीगण्डकी ‘ए’ को १४० मेगावाट, त्रिशूलीको २३ दशमलव २ मेगावाट र देवीघाटको १४ दशमलव ५ मेगावाट बिजुली भारत निर्यात हुने छ ।

    वर्षायामसँगै नदीनालामा पानीको बहाव बढेर विद्युत् गृहहरू पूर्ण क्षमतामा चल्न थालेपछि आन्तरिक रूपमा खपत गरी बाँकी भएको ऊर्जालाई प्राधिकरणले भारत निर्यात गरेको हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs