रुपन्देहीको रोहिणी खोलामा रात्रिबस दुर्घटना : ९ जनाको ज्यान गयो, २३ जना घाइते

  • कालिका खवर
  • आइतवार, जेष्ठ २२, २०७९
  • रुपन्देही – रुपन्देहीको रोहिणी खोलामा रात्रिबस दुर्घटना हुँदा ९ जनाको ज्यान गएको छ । अरु २३ जना यात्रु घाइते भएका छन् ।

    जनकपुरबाट भैरहवाका लागि छुटेको बस भैरहवा–परासी हुलाकी राजमार्ग खण्ड रोहिणी पुलबाट खोलामा खसेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

    लु २ ख ३८४१ नम्बरको बस बिहान दुर्घटना भएको छ । घाइतेहरुकाे भीम अस्पताल र भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs