वीरगंजमा शैक्षिक मेलाको नाममा कन्सलटेन्सीहरुको ठगी धन्दा बढदै

  • कालिका खवर
  • बिहिबार, जेष्ठ २६, २०७९
  • वीरगंज २६ जेठ । वीरगंजमा शैक्षिक मेलाको नाममा कन्सलटेन्सीहरुले विद्यार्थीहरु संग लाखौं रकम असुली गर्ने योजना बनाएको समाचार स्रोतले जनाएको छ । भारतमा नाम चलेका विश्वबिद्यालयहरुमा यति प्रतिशत उति प्रतिशत छुट दिने भनेर मेलामा विद्यार्थीहरुलाई मनमोहक पार्ने र विद्यार्थीहरुलाई लोभ लाग्दा आकर्षक प्रचारप्रसार गरेर लग्छ कि आकाशको तारा नै धर्तीमा खसाल्ने जस्तो कुरा गरेर विद्यार्थीलाई झुक्यानउे काम गर्ने गरेको छ ।

    समाचार स्रोतका अनुसार विश्वविद्यालयमा भर्ना गर्दा विद्यार्थीले रोजेको कलेज पढ्न नपाउने बताइन्छ । एकातिर लाखौं रकम तिर्नुपर्ने अवस्था रहेको भए पनि आफुले रोजेको विश्वविद्यालयमा अध्यापन गर्न नपाउने निश्चित रहेको छ । भारतीय कलेजहरुले विद्यार्थीहरु आफ्नो कलेजमा अध्यापन गराउनुपरेको खण्डमा यहाँ कन्सलटेन्सीहरु सगं सम्पर्क गरेर विद्यार्थीहरु लैजाने र लाखौं कमिशन लिएर मात्र विद्यार्थी पठाउने गरेको बताइन्छ ।

    विगतका दिनहरुमा यस्ता शैक्षिक मेला संचालन गर्नु अगावै आन्तरिक राजस्व कार्यालयमा राजस्व बुझाउनुपर्ने व्यवस्था रहेको थियो । अहिले राजनीतिक शक्तिको आडमा लाखौं राजस्व छलि गरि लाखौं रकम असुली गरिरहेको बुझिएको छ । यसरी जथाभावी पठाएका विद्यार्थीहरुको जिम्मेवारी कसले लिने ? यहाँका सचेत नागरिकहरुले प्रश्न गरिरहेका छन । शैक्षिक मेलाको नाममा यहाँ च्याउसरी खुलेका कन्सलटेन्सीहरुलाई बिगतका दिनहरुमा जिल्ला प्रशासन र अन्य निकायहरूले अनुगमन गरेको भए पनि अहिले अनुगमनमा कमी आएपछि फेरी ती कन्सलटेन्सीहरु सलबलाउन थालेका छन् ।

    आफ्नो कमिसनको भरमा हजारौं विद्यार्थीहरु भारत पठाउने गरेको भए पनि उनीहरूको लेखाजोखा अहिलेसम्म यहाँका सरोकारवाला निकायहरू निगरानी नगर्नुले अभिभावकहरु चिन्तित बनेका छन् । कन्सलटेन्सीले पठाएका विद्यार्थीहरु वीरगंजमा अहिलेसम्म कति जना डाक्टर, पाइलट, इन्जिनियर, र हाकिम भएका छन् त्यो इतिहास एक पटक खोज्ने प्रयास कसैले गरेको छ ? नेपाल सरकारले जथाभावी कन्सटेन्सीहरुलाई इजाजत पत्र दिने र अर्कोतर्फ नेपालको राजस्वमा अर्बौको रकम विदेश पलायन भइरहेको अवस्था छ ।

    शैक्षिक क्षेत्रमा यहीं आर्थिक वर्षमा मात्र ४३ अर्ब राजस्व विद्यार्थीहरुबाट विदेश पलायन भएको एक तथ्यांकले देखाएको छ । अर्कोतिर नेपाल सरकार संग इजाजतपत्र नलिइ कयौं विद्यार्थीहरुलाई भेला गराई मेरो चिनजानको कलेज भारतमा छ भन्दै अनलिगल विद्यार्थीहरु पठाउने र कमिसन लिने प्रबृत्ति समेत मौलाएको छ यस्ता मेलाको नाममा वीरगंज लगायत छिमेकी जिल्लाहरुबाटसमेत कन्सलटेन्सीहरुले भित्री रुपमा काम गरिरहेछन् ।
    नेपाल सरकारले अब ऐन नै संशोधन गरेर यस्ता कन्सलटेन्सीहरुलाई रोक्न जरुरी रहेको यहाँका शिक्षक बुद्धिजीवीहरु बताउँछन् ।

    यो बेलामा नियमकानुन नल्याए भोलि यसले ठूलो विकराल रुप लिन सक्ने भएकोले विद्यार्थीहरुको भविश्य माथि कसैले पनि खेलवाड गर्न नसक्ने उनीहरूको भनाई रहेको छ । यता जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल संग यसबारेमा जानकारी लिन खोज्दा हाम्रो सुरक्षा दिने काम मात्र हो, बाँकी केही थाहा नभएको प्रतिक्रिया दिएका छन् ।

    जिम्मेवार पदमा बसेका ब्यक्तिले आफ्नो के के मा जिम्मेवारी हो भन्ने बारेमा समेत थाहा नहुनुले हास्यास्पद जस्तो बुझिएको छ । उता बीरगंज महानगरपालिकाका शिक्षा महाशाखाका अरबिन्द लाल कर्ण संग बुझ्ने प्रयास गर्दा फोन रिसिभ हुन सकेन । वीरगंजमा हरेक वर्ष शैक्षिक मेलाको नाममा जथाभावी मेला प्रदर्शन गर्ने र लाखौं रकम कमिसन खान खप्पिस भएका कन्सलटेन्सीलाई कसले कारवही गर्ने सचेत नागरिकहरुले प्रश्न गर्न थालेका छन ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs