लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री वलीलाई बुटवल पठाइयो

  • कालिका खवर
  • बुधबार, असार १, २०७९
  • लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री वलीलाई प्रहरीले बुटवल पठाएको छ । दाङको तुलसीपुरमा मंगलबार एकजना महिला र बालिकामाथि हातपात गरेको भन्दै प्रहरी नियन्त्रणमा रहेकी राज्यमन्त्री वलीलाई मंगलबार राति ११ बजे बुटवल पठाइएको हो ।

    प्रदेश सरकारको आग्रहमा मन्त्री वलीलाई लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश काफ्लेले बताए । संसद् चलिरहेको र बहालवाला राज्यमन्त्री भएका कारण बुटवल पठाएको उनले जानकारी दिए । ‘सदन चलिरहेको बहालवाला मन्त्रीलाई यसरी राख्न मिल्दैन,’ उनले भने, ‘राज्यमन्त्री भएकाले धेरै प्रक्रिया पुर्याउनुपर्ने हुन्छ । उहाँलाई हामीले कानुन सम्मत र प्रक्रिया पुर्याएर छोडेका छौं ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs