फिलिपिन्सका राष्ट्रपतिको छोरी उपराष्ट्रपतिमा निर्वाचित

  • कालिका खवर
  • सोमवार, असार ६, २०७९
  • फिलिपिन्सका राष्ट्रपति रोड्रिगो ड्युटेर्टकी छोरी उपराष्ट्रपतिमा चुनिएकी छिन् ।

    राष्ट्रपतिका छोरी सारा ड्यूटेर्टले उपराष्ट्रपतिको शपथ ग्रहण गर्दै फिलिपिन्सलाई एकताबद्ध बनाउने प्रतिबद्धता जनाउनु भएको छ ।

    ४४ वर्षकी साराले एक दशक पहिले डभाओ सहरमा मेयरको जिम्मेवारी सम्हाल्नु भएको थियो । उपराष्ट्रपति साराको आउँदो ३० तारिखदेखि कार्यकाल सुरु हुनेछ । राष्ट्रपति रोड्रिगोको कार्यकाल सकिनै लागेको छ ।

    फिलिपिन्समा राष्ट्रपतिको कार्यकाल ६ वर्षको हुन्छ । रोड्रिगो सन् २०१६ मा राष्ट्रपति बन्नु भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs