आरजुलाई बालेनको जवाफ : सामाजिक सञ्जालमा खर्च शून्य

  • कालिका खवर
  • सोमवार, असार ६, २०७९
  • प्रधानमन्त्री पत्नी आरजु राणा देउवाले सामाजिक सञ्जाल परिचालन गरेर चुनाव जितेको आरोप लगाइरहँदा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले भने चुनावको समयमा सामाजिक सञ्जालमा एक रुपैयाँ पनि खर्च नभएको विवरण सार्वजनिक गरेका छन् ।  निर्वाचनमा कूल तीन लाख चौरानब्बे हजार चार सय उनान्नब्बे रुपैयाँ खर्च भएको विवरण पेस गरेका शाहले सामाजिक सञ्जाल प्रचार शीर्षकमा शून्य खर्च भएको विवरण पेस गरेका हुन् । नेपाली काँग्रेसकी नेतृ राणाले शाहले सोसल मिडियाको प्रभावकारी परिचालन गरेर काठमाडौँ महानगरपालिकाको मेयर बन्न सफल भएको टिप्पणी गरेकी थिइन् ।​

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs