डोनाल्ड लुको रोमान्टिक खुलासा : नेपाल डुल्दैजाँदा उनीसँग मेराे लभ परेको थियो

  • कालिका खवर
  • शनिबार, साउन १४, २०७९
  • अमेरिकाको दक्षिण तथा मध्य एशिया मामिला हेर्ने सहायका विदेशमन्त्री डोनाल्ड लु नेपाल भ्रमणमा छन् । उनले परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गरिसके भने प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम छ ।

    नेपालले अमेरिकी स्टेट पार्टनरसीप (एसपीपी) अघि नबढाउने पत्र पठाए लगतै काठमाडौं आइपुगेका सहायकमन्त्री लुको भ्रमणलाई अर्थपूर्ण मानिएको छ । तर लुले भने कुनै राजनीतिक-कूटनीतिक वक्तव्य नदिई नेपालसँग आफ्नो पुरानो चिनारी रहेको खुलाएका छन् भिडियोमार्फत । नेपालस्थित अमेरिकी दूतावासको आधिकारिक फेसबुक पेजबाट ‘सेयर’ भएको उक्त भिडियोमा लुले आफू् २९ वर्षअघि नेपाल घुम्न आएको जानकारी गराउँदै त्यो भ्रमणको स्मरण गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs