बामदेवको माओवादीसंग बार्गेनिङ प्युठान नै चाहिन्छ, नत्र लड्दिनँ

  • कालिका खवर
  • मङ्लबार, साउन ३१, २०७९
  • २०७८ भदौमा एमाले पार्टीबाट राजीनामा दिएर दलविहीन बनेका राष्ट्रिय सभाका सांसद वामदेव गौतम अब माओवादी केन्द्रसँग जोडिने भएका छन्।

    मंसिर ४ मा हुने निर्वाचनमा नेकपा (माओवादी केन्द्र)को चुनाव चिन्ह लिएर गौतमले निर्वाचन लड्ने भएका छन्। त्यसका लागि माओवादी केन्द्रको स्थायी कमिटी सदस्यले स्वीकृति दिएको छ।

    ‘उहाँका केही शर्तहरू छन्। त्यसबारे हामी छलफल गर्छौं। यसबारे गठबन्धनमा पनि छलफल हुन्छ,’ स्थायी कमिटी बैठकपछि माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले भने,‘अब बाबुरामजीसँगै वामदेव गौतमले पनि माओवादी केन्द्रकै चुनाव चिन्हबाट चुनाव लड्नुहुन्छ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs