फाेहरका गाडी नराेक्नुहाेस्, आउनुहाेस् सबै बसेर छलफल गराैँ

  • कालिका खवर
  • बुधबार, भदौ १, २०७९
  • नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाण्डाै उपत्यकाकाे फाेहर विसर्जनमा पार्टीकाे तर्फबाट अवराेध नगर्न आग्रह गर्नुभएकाे छ । केही दिनयता सिसडोल र बञ्चरेडाँडा ल्यान्डफिल्ड साइटमा फाेहर विसर्जनका क्रममा अवराेध भइरहेकाे भन्दै उहाँले यस विषयमा हल खाेज्न मद्दत गर्न आग्रह गर्नुभएकाे हाे ।

    उहाँले भन्नुभएकाे छ, ‘नेपाली कांग्रेस पार्टीको तर्फबाट पालिकाकाे नेतृत्वलाई कोही पनि साथी अवरोधमा संलग्न नहुन भनिसकिएको छ । पार्टीको जिम्मेवार पदाधिकारीको नाताले पुनः खुला आह्वान गर्न चाहन्छु- पार्टीको कुनै पनि तहको कोही पनि साथी अवरोधमा संलग्न नहुनुहोस्, समाधानका लागि सक्रिय हुनुहोस् । अन्य राजनीतिक दलका स्थानीय नेता र कार्यकर्तालाई पनि आग्रह छ- अवरोध होइन यो विषयमा हल खोज्न मद्दत गर्नुहोस् ।’

    काठमाण्डाै फोहरले अस्तव्यस्त भएको र यही अवस्था अझ केही दिन रहेमा महामारी फैलन सक्ने सम्भावना रहेकाे भन्दै नेता थापाले सचेत पनि गराउनुभएकाे छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs