कलंकीको खसी बजार हटाउन महानगरको १५ दिने सूचना

  • कालिका खवर
  • बिहिबार, भदौ २, २०७९
  • काठमाडौं महानगरपालिका-१४ स्थित कलंकीमा रहेको खसी बजार १५ दिन भित्र हटाउन महानगरपालिकाले सूचना जारी गरेको छ ।

    खसी बजारका कारण नदी प्रदूषण भएको, छरछिमेकलाई बाधा परेको र फोहोरमैलाका कारण वातावरणमा गम्भीर असर परेको भन्दै सामूहिक उजुरी आएकोले खसी बजार हटाउन लागिएको महानगरले जनाएको छ । उजुरीपछि महानगरले गरेको वातावरणसम्बन्धी अध्ययन प्रतिवेदन अनुसार खसी बजारले वातावरणमा गम्भीर असर परेको, फोहोर मैलाले जटिल समस्या सिर्जना गरेको उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs