गोकर्ण विष्टलाई हराउछु : रामकुमारी झाक्री

  • कालिका खवर
  • आइतवार, भदौ ५, २०७९
  • नेकपा एकीकृत समाजवादी पार्टीकी नेत्री एवम् प्रतिनिधि सभा सदस्य रामकुमारी झाँक्रीले गुल्मी क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

    सामाजिक सञ्जाल फेसबुकमार्फत झाँक्रीले गुल्मी जिल्ला निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिने बताउनुभएको हो । उहाँले लख्नुभएको छ, ‘गुल्मी क्षेत्र नम्बर २ मा एमालेको विरासत तोडेर देखाउँछु ।’

    गुल्मी क्षेत्र नम्बर २ मा एमालेका सचिव गोकर्ण विष्टले उम्मेदवारी दिने तयारी गर्नुभएको छ । विष्ट यसअघि चार पटकसम्म गुल्मी–२ बाटै उम्मेदवार बनेकोमा २०६४ सालबाहेक तीन पटक विजयी हुनुभएको छ ।

    गएको वैशाखमा सम्पन्न पालिका चुनावमा भने गुल्मी–२ मा नेकपा एमाले कमजोर देखिएको छ । गोकर्ण विष्टकै पालिका इस्मा गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । यस्तै झाँक्रीको पालिका मदाने गाउँपालिकामा पनि गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs