एमाले नेताबाट कार्यकक्षमै कुटिए हेटौंडाका वडाध्यक्ष

  • कालिका खवर
  • मङ्लबार, भदौ ७, २०७९
  • हेटौंडा उपमहानगरपालिका– ४ का वडाध्यक्ष नविन सिग्देल मंगलबार आफ्नै कार्यकक्षमा कुटिएका छन् । सिग्देलले आफूमाथि कुटपिट गर्नेलाई कारबाही गर्न माग गर्दै उजुरी दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    सिग्देलमाथि कुटपिट गर्ने व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेकाले घटनामा संलग्न व्यक्तिहरुको जानकारी दिन नमिल्ने उनले बताए ।वडाअध्यक्ष सिग्देलले भने आफुमाथि नेकपा एमालेकै जिल्ला सदस्य सानु लामाले हातपात गरेको बताए । उनले भने, ‘जे भयो गलत भयो, यत्ति हो मेरो कुरा अहिले ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs