शिक्षक तथा कर्मचारीलाई दलीय आबद्धता त्याग्न मेयर बालेन्द्र साहको निर्देशन

  • कालिका खवर
  • बुधबार, भदौ ८, २०७९
  • काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले महानगर अन्तर्गतका सार्वजनिक तथा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई दलीय आबद्धता त्याग्न निर्देशन दिनु भएको छ ।

    प्रेस विज्ञप्ति निकाल्दै मेयर साहले राजनीतिक आबद्धता कायम राखेको भएमा काठमाण्डाै महानगरपालिका अन्तर्गतको शिक्षक तथा कर्मचारीले त्यस्तो आबद्धता तत्काल त्याग गरी कानुनको परिपालना गर्न निर्देशन दिनु भएको हो । उहाँले दलसँगको आबद्धता त्याग नगरे सार्वजनिकरुपमा उजुरी आह्वान गरी वा अन्य उपाय बमोजिम प्राप्त सूचनाको आधारमा कानुनी कारबाही अगाडि बढाउने नीति अख्तियार गरिने समेत बताउनु भएको छ ।

    काठमाण्डाै महानगरपालिका कर्मचारी सेवा ऐन, २०७७ को दफा ४५ अनुसार महानगरपालिकाको कुनै पनि कर्मचारीले राजनीतिक दल वा संगठनको सदस्यता लिन, राजनीतिक क्रियाकलापमा संलग्न हुन वा अन्य कुनै पनि राजनीतिक गतिविधिमा भाग लिन नपाइने व्यवस्था गरेको उहाँले बताउनु भएको छ । राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १४ को उपदफा (२) को खण्ड (ग) ले नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीलाई कुनै पनि राजनीतिक दलले सदस्यता दिन नहुने व्यवस्था गरेको छ ।

    यस्तै, मेयर साहले कुनै कर्मचारी राजनीतिक दलसँग आबद्ध भएको भए आफूलाई इमेलमार्फत जानकारी गराउन पनि आग्रह गर्नु भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs