बालेन्द्र साहले आतङ्कित बनाउने काम गरे : कांग्रेस नेता विश्वकर्मा

  • कालिका खवर
  • शुक्रबार, भदौ १०, २०७९
  • सत्तारूढ नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र साहले अराजक गतिविधि बढाइरहेकाे टिप्पणी गर्नुभएको छ । मेयर साहले अनधिकृत रूपमा बनाइका भौतिक संरचनाहरू डोजर लगाएर भत्काउने काम गरिरहँदा कांग्रेस नेता विश्वकर्माको यस्तो प्रतिक्रिया बाहिर आएको हो ।

    आज शुक्रबार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले कानुनी दायरामा ल्याएर कारबाही गर्ने अधिकार हुँदा हुँदै मेयर साहले ती भौतिक संरचनाहरू हटाउँदा अराजकता सिर्जना भएकाे भन्दै आपत्तिसमेत जनाउनु भयो । गृहमन्त्रीलाई बन्दुक चलाउने अधिकार भयो भन्दैमा बन्दुक चलाउन नमिल्ने तर्क गर्दै नेता विश्वकर्माले स्थानीय बजार व्यवस्थापन गर्ने नाममा मेयरहरूले अराजक गतिविधि गर्न नहुने बताउनुभयो । यस्ता गतिविधिले अराजकतालाई बढावा दिने उहाँको भनाइ थियो ।

    उहाँले भन्नुभयो, ‘हामी आज बजारमा के–के देख्दै छौँ त ? मेयर साब भत्काउँदै हिँड्नुभएको छ । हाम्रो सिस्टमले भनेको त्यो हो त ? त्यसको कानुनी प्रक्रिया छैन ? अब भोलिदेखि सबै मेयरहरूले भत्काउँदै हिँड्ने हो भने त शान्ति, सुरक्षा भएन भनेर गृहमन्त्री आफैँले बन्दुक बोकेर हिँड्नुभयो भने के हुन्छ ? हामीले अराजक गतिविधिलाई बढावा दिइरहेका छौँ ।’

    नेता विश्वकर्माले गल्ती गर्नेहरूलाई मेयर साहले बयान लिने, जरिबाना गर्ने प्रावधान भए पनि आतङ्कित बनाउने काम गरेको गुनासो गर्नुभयो । उहाँले मेयर साहको यस्तो गतिविधिले देशकाे राजनीतिक प्रणालीमाथि नै आघात

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs