तीजकाे नाच हेर्ने क्रममा झडप हुँदा एक जनाको ज्यान गयाे

  • कालिका खवर
  • बुधबार, भदौ १५, २०७९
  • सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बामेखोला पटानटोलमा दुई समूहबीचको झडपमा एकजनाको ज्यान गएको छ ।

    तीजको नाच हेर्ने क्रममा मङ्गलबार राति युवाहरूबीच झडप हुँदा स्थानीय २४ वर्षीय रोशन जिसीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिनुभयो । घटनाको प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

    “स्थानीयसँग सोधपुछ गर्दा दुई समूहबीच झडप हुँदा जिसीको ज्यान गएको बुझिन आएको छ, अनुसन्धान हुँदैछ”, उहाँले भन्नुभयो, “मृतकको टाउकोमा गम्भीर चोट छ, घटनामा संलग्नको पहिचान र खोजी जारी छ ।”

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs