सन्दीप लामिछाने विरुद्ध बलात्कारको उजुरी

  • कालिका खवर
  • बुधबार, भदौ २२, २०७९
  • नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने विरुद्ध प्रहरीमा जाहेरी परेको छ । मंगलबार काठमाण्डौ प्रहरी परिसरमा पीडितकातर्फबाट जाहेरी परेको हो ।

    घटनाको विषयमा प्रारम्भिक अनुसन्धान भइरहेको भन्दै प्रहरीका कुनै पनि अधिकारीले औपचारिक रूपमा केही बताएका छैनन् । प्रहरीका अनुसार पीडितले स्न्याप च्याटमार्फत एक प्रशंसकका रूपमा लामिछानेसँग कुराकानी गर्ने गरेको र त्यसकै आधारमा भेट्न बोलाएर गएको ५ गते नगरकोट घुमाउन लगेको जाहेरीमा उल्लेख गरेकी छन् । नगरकोटबाट त्यही रात फर्किएर काठमाण्डौको एक होटलमा बसेको र त्यहीँ आफूलाई लामिछानेले जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ । लामिछाने अहिले क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs