सिट बाँडफाँट आजै टुंग्याउँछौं : प्रचण्ड

  • कालिका खवर
  • शुक्रबार, भदौ २४, २०७९
  • काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिट बाँडफाँट आजै टुंग्याउने बताएका छन् । त्यसका लागि आज अपराह्न तीन बजेदेखि शीर्ष नेताहरुले छलफल गर्ने उनले जानकारी दिए ।पोखरा विमानस्थलमा आज बिहान आयोजित पत्रकार भेटघाटमा प्रचण्डले भने, ‘तीन बजेदेखि टुंगाउने गरि आज छलफल गर्दैछौं ।’ सिट बाँडफाँटको सहमति नजिक पुगेको उनको भनाइ छ ।

    आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि गठबन्धन गर्ने निर्णय गत साउन तेस्रो साता नै गरे पनि गठबन्धनका घटकहरुबीच सिट बाँडफाँट टुंगो लागेको छैन ।

    संविधानको रक्षाको लागि गठबन्धन बनाइएको भन्दै प्रचण्डले त्यसको आवश्यकता अहिले पनि रहेको बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs