गृहमन्त्री बालकृष्ण खाणले नेपाली कांग्रेसका नेताहरूले सत्तारूढ गठबन्धनविरूद्ध भाषण गर्दै हिँड्न नमिल्ने बताएका छन्।
नेपाल तरुण दल, काभ्रे जिल्लाले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले निर्वाचन अघि गठबन्धन तोड्ने पक्षमाम नरहेको बताए।
उनले गठबन्धनमा आवद्ध भएको हुनाले कांग्रेसका नेता तथा कार्यकर्ताले गठबन्धनले उठाएको उम्मेदवारको पक्षमा उभिनु राजनीतिक धर्म र दायित्व दुवै भएको स्पष्ट पारे।
उनले आफू काग्रेस केन्द्रीय सदस्य र गृहमन्त्री भएको नाताले सत्तारूढ गठबन्धनलाई बचाएर आगामी निर्वाचनलाई सुनिश्चित र सुरक्षित गराउने दायित्व पूरा गराउन प्रतिबद्ध रहेको समेत बताए।