पपुवा न्यु गिनीमा ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प

  • कालिका खवर
  • आइतवार, भदौ २६, २०७९
  • पपुवा न्यु गिनीमा आज बिहान ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको छ ।

    भूकम्प बिहान केनान्तु सहर नजिकै गएको अमेरिकी भूगर्भ सर्वेक्षण विभाग (यूएसजीएस) ले जनाएको छ ।

    प्रशान्त टापुकाे देश पपुवा न्युगिनीमा ठूलो भूकम्प गए पनि सुनामीको खतरा भने नरहेको उल्लेख छ ।

    केही भागहरूमा विद्युत् कटौती र भवनहरूमा क्षति पुगेको भनिए पनि पूर्ण विवरण आउन बाँकी छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs