मन्त्रीले पनि चुनाव प्रचार गर्न पाउनुपर्छ : नारायणकाजी श्रेष्ठ

  • कालिका खवर
  • सोमवार, भदौ २७, २०७९
  • नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले मन्त्रीलाई चुनाव प्रचारप्रसार गर्न रोक लगाउने गरी जारी गरिएको निर्वाचन आचारसंहिता तत्काल हटाउन निर्वाचन आयोगसँग माग गर्नुभएको छ । बहुदलीय राजनीतिक प्रणालीमा नेताहरू नै मन्त्री हुने हुनाले उनीहरूले चुनाव प्रचारप्रसार गर्न नमिल्ने भन्ने कुरा नहुने उल्लेख गर्दै त्याे प्रावधान तत्काल हटाउन निर्वाचन आयोगसँग उहाँको माग छ ।

    सोमवार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उपाध्यक्ष श्रेष्ठले निर्वाचन आयोगले राज्यको स्रोत/साधनको दुरुपयोग हुन नदिन भने निर्वाचन आचारसंहिता कडाइका साथ लागू गर्नुपर्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘आचारसंहितामा मन्त्रीहरूले चुनाव प्रचारप्रसार गर्न नपाउने भन्ने छ तर  यो कुरा मिल्दैन । राजनीतिक प्रणाली बहुदलीय हुने, नेताहरू मन्त्री पनि हुने तर उनीहरूले आफू उम्मेदवार भएकाे अवस्थामा बाहेक चुनाव प्रचारप्रसार गर्न नपाउने कुरा उपयुक्त छैन । राज्य र सरकारको साधनको प्रयोग गरिएको छ कि छैन ? त्यहाँ अनुगमन गर्न जरुरी छ तर मन्त्रीले चुनाव प्रचारप्रसार गर्न नपाउने भन्ने पनि हुन्छ र ?’

    वरिष्ठ उपाध्यक्ष श्रेष्ठले चुनावमा समानुपातिक सहभागिताको प्रश्नमा भने संविधानमै संशोधन गरेर अघि बढ्नुपर्ने अवस्था रहेको बताउनुभयाे ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs