फिल्म ‘पोन्नियन सेल्भान’ पाइरेसी गर्ने दुई हजार वेबसाइटलाई प्रतिबन्ध

  • कालिका खवर
  • शुक्रबार, अशोज १४, २०७९
  • दक्षिण भारतीय निर्देशक मणिरत्नम निर्देशित फिल्म ‘पोन्नियन सेल्भान’ करिब ५ सय करोड भारुको हारहारीमा निर्माण भएको छ ।

    उपन्यासमा आधारित यो फिल्मको दुई भाग छ जसको पहिलो श्रृंखला आजदेखि हलमा लागेको छ । फिल्मको पहिलो भागले समग्रमा सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ । यसैबीच भारतको मद्रास उच्च अदालतले फिल्मको पाइरेटेड भर्सन रिलिज गर्ने झन्डै दुई हजारवटा वेबसाइटमा प्रतिबन्ध लगाउन आदेश दिएको छ । ठूलो बजेटमा बनेको फिल्म पाइरेसी हुँदा यसले आर्थिक हानी ब्योहोर्ने भएकाले निर्माता अदालतमा पुगेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs