फेसबुकको कमजोरीका कारण घटेका फलोअर्स फिर्ता

  • कालिका खवर
  • बुधबार, अशोज २६, २०७९
  • लाेकप्रिय सामाजिक सञ्जाल फेसबुकको सुरक्षा कमजोरीका कारण घटेका फलोअर्स फिर्ता भएका छन् ।

    आज बुधवार बिहान फेसबुकको कमजोरीका कारण कम्पनीकै प्रमुख मार्क जुकरबर्गसहित लाखौँ सेलिब्रेटीका फेसबुक अकाउन्टबाट फलोअर्स गायब भएका थिए । फेसबुकका संस्थापक तथा सीईओ मार्क जुकरबर्गको फलोअर्स ११ करोड ९० लाख रहेकोमा घटेर नाै हजार हाराहरीमा देखिएको थियो । तर अहिले  उहाँका फलोअर्स ११ करोड ९१ लाख जना पुगेका छन् ।

    यस्तै अचानक फलोअर्स घटेकाहरूका फलोअर्स पनि फिर्ता भएका छन् । केहीका फिर्ता हुने क्रममा रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs