स्वास्थ्य सबैभन्दा ठूलो कुरा हो : गुरुङ

  • कालिका खवर
  • शनिबार, कार्तिक २६, २०७९
  • काठमाडौं । वरिष्ठ समाजसेवी पशुपति गुरुङले मानिससंग जे जति सम्पत्ति, जे जति ज्ञान, बुद्धि र विवेक भए पनि स्वास्थ्य सबैभन्दा ठूलो कुरा भएको बताउनु भएको छ ।
    मातृशक्ति योगा जुम्बाले शनिबार चोभारमा आयोजना गरेको बनभोज कार्यक्रममा बोल्दै संस्कार समाज नेपालका अध्यक्षसमेत रहनु भएकी गुरुङले स्वास्थ्यको महत्वलाई बुझेर मातृशक्तिले गर्दै आइरहेको अभियानको प्रशंसा गर्नु भयो । प्रमुख अतिथि गुरुङले भन्नु भयो ‘स्वास्थ्य नै धन हो । समाजसेवा भनेर बिरामी भएर एक दुई रुपियाँ दान गर्नु भन्दा निरोगी हुनका लागि योगा जुम्बाले गरिरहेको योगदान महत्वपूर्ण छ ।’
    योग गुरुसमेत रहनु भएकी कल्पना पौडेल फुँयाले संचालन गर्नु भएको कार्यक्रमको सभापतित्व जेष्ठ नागरिक लक्ष्मी श्रेष्ठले गर्नु भएको थियो ।
    योगा स्वास्थ्यका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै समाजसेवी गुरुङले योगा गर्ने संस्कारको विकास गर्नु पर्ने धारणा व्यक्त गर्नु भयो । निरोगी भई जिउनका लागि मातृशक्तिले समाजमा खेलेको भूमिकाको प्रशंसा मात्र होइन, अनुशरणसमेत गर्नु पर्ने उहाँको धारणा रहेको थियो । झन्डै ३०० सहभागिहरुका बीचमा सम्पन्न कार्यक्रममा सांस्कृतिक प्रस्तुतिहरुसँगै विभिन्न रमाइला खेलहरु खेलाइएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs