निरन्तर चर्चामा अर्जुन सापकोटाको ‘ए ठूली’

  • कालिका खवर
  • शनिबार, मंसिर १०, २०७९
  • काठमाडौं । अर्जुन सापकोटा, पछिल्लो पुस्ताका सर्वप्रिय कलाकार हुन । सानै उमेरमा गीत सिर्जना, संगीत संयोजनका साथै सुमधुर आवाज र अभिनयले नेपाली लोक, गीतसंगीतप्रेमीहरुको मनमा बस्न सफल अर्जुनको पछिल्लो गीत ‘ए ठूली’ सार्वजनिक भएको तीन हप्तादेखि चर्चाको शिखरमा छ । यूटुवको सर्वाधिक खोजीमा रहेको यो गीत यो समाचार तयार गर्ने समयसम्म ट्रेन्डिङको ६ नम्बरमा छ ।
    गीतको पहिलो शब्द :
    ‘तिम्लाई भुल्छु भनेर म्याद थपे
    म्याद थपे कि अन्जानमै याद थपे,
    यो शब्द अहिले संजालमा सर्वत्र छ । गीतको लोकप्रियताको सशक्त मानक मानिने टिकटकमा यो टुक्का असाध्यै रुचाइएको छ । टिकटकमा लाख भन्दा बढी भिडियोहरु सिर्जना भएका छन् । एक वियोगान्त प्रेमकथामा आधारित रहेर तयार गरिएको गीत मार्मिक छ । अर्जुनकै सुमधुर आवाज, लालित्य शब्द र मधुर संगीतमा तयार भएको गीतको चलदृश्यमा अर्जुन सापकोटालाई क्रिष्टल सापकोटाले अभिनयमा साथ दिएकी छिन् । गीतको कथावस्तु, भाव, लय, शब्द, अभिनयमा विछ्ट्टै मिठास छ । तथापि भिडियोमा जुन उमेरलाई संकेत गर्न खोजिएको छ, त्यसमा न्याय हुन नसकेको हो कि भन्ने महसुस सहजै गर्न सकिन्छ । प्रदीप रोदनका सिर्जनाहरुसमेतले सिंगारिएको भिडियोको निर्देशन पछिल्लो पुस्ताका आशालाग्दा प्रतिभा जेरी भण्डारीले गरेका हुन ।

    सापकोटाका बनकी चरी, पछ्यौरी लिस्यो, नगर पिर मया, पिरति नलाम मया लगायतका गीतहरु चर्चाको शिखरमा छन् ।

     

    Video_Link

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs