
काठमाडौ । संस्कार समाज नेपालका अध्यक्ष तथा वरिष्ठ समाजसेवी पशुपति गुरूङले आफ्ना पिता स्व. दुर्गाबहादुर गुरूङको दोस्रो बार्षिकीको दिनमा बोन म्यारो पीडितलाई सहयोग प्रदान गर्नु भएको छ ।
सिभिल हस्पिटलमा उपचाररत गोरखाका बिरामीलाई अस्पतालमै पुगेर रू. १०,०००/– सहयोग प्रदान गर्नु भएको हो ।
संस्कार समाज नेपाल मार्फत देशव्यापी सचेतना कार्यक्रममा सक्रिय रहँदै आउनु भएकी गुरूङले आफ्ना स्वर्गिय माता, पिताको नाममा समेत सामाजिक सेवा गर्दै आइरहनु भएको छ । पितृको सम्झनामा अनेकन कर्मकाण्ड गरेर खर्च गर्नु भन्दा उहाँहरुको नाममा वास्तविक दुःखी, पीडितहरुलाई सहयोग गर्नु उपयुक्त हो भन्ने मान्यता राख्नु हुने गुरूङले सामाजिक सेवामै खर्च गर्नका लागि माता पिताको नाममा पाँच लाखको अक्षयकोषसमेत स्थापना गर्नु भएको छ । संस्कार समाज नेपालले संचालन गर्ने गरी उक्त अक्षयकोषबाट विगतमा बाढी, पहिरो पीडितहरुलाई सहयोग गर्नुका साथै समाजमा राम्रो कार्य गर्ने अभियन्ताहरुलाई पुरस्कृत गरिसकिएको छ । गुरुङ झन्डै ६ वर्षदेखि संस्कार समाज नेपाल मार्फत जागरण अभियानमा लागिरहनु भएको छ । असल संस्कार नै समृद्धिको आधार हो भन्ने मूल मन्त्रलाई आधार बनाएर गुरुङले समाजमा असल संस्कारको सन्देश फैलाउने कार्य गरिरहनु भएको छ।