अनेरास्ववियूले माग गर्यो निजि र सामुदायिक क्याम्पसमा स्ववियु निर्वाचन

  • कालिका खवर
  • शुक्रबार, माघ २०, २०७९
  • नेकपा ( एस ) निकट अनेरास्ववियूले देशका सबै निजि तथा सामुदायिक क्याम्पसमा स्ववियु निर्वाचनको माग गर्दै उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाललाई ज्ञापन-पत्र बुझाएको छ ।

    थापाथली स्थित संघको केन्द्रीय कार्यालयमा अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली नेतृत्वको टोलीले संघका अध्यक्ष रमेश सिलवाललाई उक्त ज्ञापन-पत्र हस्तान्तरण गरेको हो । ज्ञापनपत्रमा भनिएको छ । लामो समय स्ववियु निर्वाचन नहुदा विद्यार्थी आफ्ना अधिकारबाट बन्चित भएका छ्न । विद्यार्थीहरुको आफुले नेतृत्व गर्ने बाटोमा अवरोध खडा भएको छ । साथै विज्ञप्तिमा शिक्षा क्षेत्रमा भएको चर्को मूल्य वृद्धिको पनि बिरोध गरिएको छ ।

    विज्ञप्ति लिदै उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपालका अध्यक्ष रमेश सिलवालले शिक्षित जनशक्ति पलायनले देशको ठूलो धनराशि प्रत्यक्ष अप्रत्यक्ष रुपमा बाहिरीएकोमा चिन्ता व्यक्त गरे । अध्यक्ष सिलवाल अनेरास्ववियूको माग प्रति सकारात्मक रहेको अनेरास्ववियूका प्रवक्ता मिलन राईले बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs