आजको मौसम : तराईमा बाक्लो हुस्सु, हिमाली जिल्लामा हल्का हिमपातको सम्भावना

  • कालिका खवर
  • बुधबार, माघ २५, २०७९
  • काठमाण्डौ ।  तराईका जिल्लामा आज पनि बिहानैदेखि हुस्सु लागेको छ । केही दिन यता लगातारजसो लागेको हस्सुका कारण जनजीवन प्रभावित भएको छ ।

    बिहानदेखि दिउँसोसम्म नै हुस्सु लाग्ने गरेकाले चिसो बढेको छ । आज पनि दिउँसोसम्म नै हुस्सु लाग्ने सम्भावना रहेको मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार यो हप्ताभरी नै तराईको मौसम यस्तै रहने अनुमान छ ।

    मौसमविद्ले तीन दिनको मौसम पूर्वानुमान गर्दै आएका छन् । तराईमा बाक्लो हुस्सुसँगै चिसो हावासमेत चलिरहेकाले तातो न्यानो भएर बस्न मौसमविद्को सुझाव छ ।

    यस्तै, आज हिमाली जिल्लाका केही ठाउँमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् विनु महर्जनले बताउनुभयो । पहाडी क्षेत्रको मौसम भने आज आंशिक बद्ली हुने अनुमान छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs