पाकिस्तानमा भूकम्पमा परी कम्तीमा ९ जनाको मृत्यु , ४६ जना घाइते

  • कालिका खवर
  • बुधबार, चैत्र ८, २०७९
  • किस्तानको खैबर पख्तुनख्वा प्रान्तमा मङ्गलवार राति गएको भूकम्पमा परी कम्तीमा ९ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका छन् । हालसम्म पाकिस्तानमा खैबर पख्तुनख्वा प्रान्तमा मात्रै भूकम्पका कारण क्षति भएको विवरण प्राप्त भएको छ ।

    पाकिस्तानमा मङ्गलवार राति ६.८ रेक्टर स्केलको भूकम्प गएको छ । यसको केन्द्र अफगानिस्तानको हिन्दु कुश क्षेत्र भनिएको छ । भारतको राजधानी दिल्लीसहित उत्तर भारतका धेरै ठाउँमा पनि भूकम्पको धक्का महसुस गरिएको छ ।

    खैबर पख्तुनख्वा प्रान्तको जिल्ला प्रकोप व्यवस्थापन प्राधिकरणका अनुसार अहिलेसम्म सबैभन्दा बढी मृत्यु स्वात जिल्लामा भएको छ । अधिकारीका अनुसार पहिरोका कारण स्वात कलाम सडक पनि बन्द भएको छ । यसपछि तल्लो दिरमा चार जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । यस्तै, मलाकन्दमा एक जनाको मृत्यु भएको छ ।

    स्वात सैदु शरीफ अस्पतालमा आपतकालिन अवस्था घोषणा गरिएको छ, जबकि जिल्ला प्रहरी अधिकारी शफिउल्लाहले सबै कर्मचारीहरूलाई सतर्क गराइएको र सबै घाइतेहरूलाई चिकित्सा सुविधा उपलब्ध गराइएको बताए । खैबर पख्तुनख्वा प्रान्तका विभिन्न क्षेत्रहरूबाट छतहरू भत्किने र भवनहरूमा क्षति पुगेको पनि रिपोर्टहरू आइरहेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs