नेप्से परिसूचक दोहोरो अंकले वृद्धि

  • कालिका खवर
  • मङ्लबार, चैत्र १४, २०७९
  • काठमाडौं । साताको तेस्रो कारोबार दिन आज सेयर बजार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्से १२.१० अंकले बढेर १९१८.१० विन्दुमा पुगेको छ ।

    आज २५८ कम्पनीका ४० लाख ७७ हजार ७७८ कित्ता सेयर एक अर्ब ४४ करोड ३७ लाख १३ हजार ८७८ रुपैयाँमा किनबेच भएको छ ।  आज सेन्सेटिभ इन्डेक्स पनि ०.६७ प्रतिशतले बढेर ३६०.२६को विन्दुमा पुग्यो ।

    आज १३ वटा उपसमूहमध्ये १० को समूहगत सूचक उकालो लागेको छ । तीन उपसमूहको सूचक घटेको छ । आज माइक्रोफाइनान्स उपसमूहको समूहगत सूचक सर्वाधिक ३.४८ प्रतिशतले बढ्यो । विकास बैंक उपसमूहको समूहगत सूचक सर्वाधिक ०.४८ प्रतिशतले घटेको छ ।

    मंगलबार सुपरमाई हाइड्रोपावर कम्पनीको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । तेह्रथुम पावर कम्पनीको सेयर मूल्य सर्वधिक ३.१७ प्रतिशतले घटेर प्रतिकित्ता ४२५.१० रुपैयाँ कायम भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs