नेपालको तेस्रो विकेट पतन

  • कालिका खवर
  • बिहिबार, बैशाख १४, २०८०
  • काठमाडौं : एसीसी मेन्स प्रिमियर कपको समूह ‘ए’मा बिहीबार कतारविरुद्ध टस हारेर ब्याटिङ थालेको नेपालले तेस्रो विकेट गुमाएको छ। त्रिवि क्रिकेट मैदानमा कतारका कप्तान मोहम्मद रिजलानले टस जितेर फिल्डिङ रोजेपछि घरेलु टिम क्रिजमा उत्रिएको थियो। दोस्रो ओभरमा ओपनर कुशल भुर्तेललाई दुई रनमा गुमाएको चौथो ओभरमा दोस्रो विकेट गुमाएको थियो।

    वान् डाउनमा क्रिजमा उत्रिएका भीम सार्की ६ रन जोडेर पभिलियन फर्किएका छन्। यस्तै, अर्का ओपनर आसिफ शेख २७ बलमा १९ रन जोडेर आउट भएका छन्।

    अहिले क्रिजमा रहेका सोमपाल कामी २ तथा कप्तान रोहित पौडेल २७ रन बनाएर खेलिरहेका छन्।

    कतारका लागि गयान मुनाविराले दुई तथा इक्रामुल्लाह खानले एक विकेट लिएका थिए। नेपालले १५ ओभरको खेल सकिँदा तीन विकेट गुमाएर ६१ रन बनाएर खेलिरहेको छ।

    नेपाल सुरुआती चारमध्ये तीन खेलमा जित निकाल्दै सेमिफाइनलमा पुगिसकेको छ। आजको खेलमा विजयी भए नेपाल समूह विजेता पनि बन्ने छ। सेमिफाइनलमा समूह एको विजेताले समूह बीको उपविजेतासँग खेल्ने छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs