भारतमा उपचार गराउँदाको खर्च राष्ट्रपति आफैँ व्यहोर्ने

  • कालिका खवर
  • मङ्लबार, बैशाख १९, २०८०
  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा उपचार गराउँदाको खर्च आफैँ व्यहोर्ने भएका छन् ।

    उक्त उपचारबापतको खर्च राष्ट्रपति आफैँले व्यहोर्न चाहेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

    निमोनियाका कारण फोक्सोमा पानी जमेपछि राष्ट्रपति पौडेललाई भारतको नयाँदिल्लीस्थित एम्स अस्पतालमा उपचार गराइएको थियो ।

    गएको आइतबार नेपाल फर्किएका पौडेलको स्वास्थ्य उपचार खर्च राज्यकोषबाट हुन नहुने भन्दै चौतर्फी टिप्पणी भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs