बलात्कार अभियोगमा १६ वर्षीय किशाेर पक्राउ

  • कालिका खवर
  • बुधबार, बैशाख २०, २०८०
  • दाङ – दाङको तुलसीपुरमा १९ वर्षीया किशोरीलाई बलात्कार गरेकाे अभियोगमा तुलसीपुरकै १६ वर्षीय एक किशोर पक्राउ परेका छन् ।

    तुलसीपुर उपमहानगरपालिका वडा न. ३ घर भइ दाङकै बबई गाउँपालिका – ६ मा पर्ने मामा घरमा बस्दै आएका १६ वर्षीय किशोरलाई प्रहरीले  पक्राउ गरेको हाे । तुलसीपुर – ६ की एक १९ वर्षीया युवतीले मंगलबार इलाका प्रहरी कार्यालय तुलसीपुरमा पुगेर आफूलाई ती किशोरले बलात्कार गरेको उजुरी दिएपछि त्यही दिन प्रहरीले ती किशोरलाई पक्राउ गरेको थियो ।

    पीडित युवतीले ती किशोरले आफूलाई ललाइ फकाइ बैशाख १६ गते बाँकेको नेपालगञ्ज लगेको र त्यही दिन राति ९ बजेतिर तुलसीपुर – ३ मा पर्ने आफ्नो खाली घरमा लगेर बलात्कार गरेको जाहेरीमा उल्लेख गरेकी छिन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs