झलनाथ खनाल सहभागी कार्यक्रममा नाराबाजी गर्ने ९ जना पक्राउ

  • कालिका खवर
  • बुधबार, जेष्ठ १७, २०८०
  • काठमाडौँ । नेकपा एकिकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल सहितका कम्युनिष्ट नेता सहभागी कार्यक्रममा हुलदंगा र नाराबाजी गर्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार अनामनगरस्थित सामाजिक विकास समाजको हलमा आयोजित कार्यक्रममा एकजना युवाले मञ्च कब्जा गरेर पूर्वराजाको पक्षमा भाषण गरे । त्यसपछि उनीहरुले सामूहिक रुपमा नाराबाजी गरेका हुन् ।

    कार्यक्रममा झलनाथ खनाल, नेकपा क्रान्तिकारी (माओवादी) सिपी गजुरेल र पूर्व गभर्नर डा.दिपेन्द्र क्षेत्री सहभागी थिए । हुलदंगा गर्ने ९ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी (एसपी) सिताराम रिजालले रातोपाटीलाई बताए । पक्राउ पर्नेमा सन्तोष राजाबादीसहित ९ जना छन् । पूर्व प्रधानमन्त्री खनाललाई गाली–गलौज गर्दै आक्रोशित समूहले ‘सर्प चोर देश छोड’ भन्ने नारा लगाएका थिए । नेताहरुलाई ‘दलाल’ को आरोप लगाएका उनीहरुले मुलुकको सम्वृद्धिका लागी ‘पूर्व राजाले वार्ता गर्ने’ बताएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs