भाद्र १५ गते शुक्रबारको राशिफल : यी राशिहरूकाे चम्किनेछ भाग्य, हेर्नुहोस्

  • कालिका खवर
  • शुक्रबार, भदौ १५, २०८०
  • काठमाडौं । आज मिति २०८० भाद्र १५ गते तदनुसार २०२३ सेप्टेम्बर १ शुक्रवार ।

    मेष – ARIES

    चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। शुभचिन्तकहरूले साथ–सहयोग प्राप्त हुनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। नयाँ जिम्मेवारी सम्हाल्दै दाम र प्रतिष्ठा हातपार्ने बेला छ। यात्राको प्रक्रिया अघि बढ्न सक्छ।

     

    वृष – TAURUS

    इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

    अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ। उधारोमा व्यापार गर्नुपर्ला। आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। स्वास्थ्य-चिन्ताले पनि सताउनेछ। अध्ययनमा बाधा हुनेछ भने अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। लक्ष्य प्राप्त गर्न समय लाग्नेछ। मिहिनेत गरीकन चिताएको मूल्य प्राप्त नहुने देखिन्छ। लक्ष्य प्राप्त गर्न केही समय लाग्नेछ।

     

    मिथुन – GEMINI

    का, कि, कु, घ, ङ, छ, के, को, ह

    प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ। पशुपालन तथा कृषि क्षेत्रबाट पनि राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीले राम्रो साथ दिनेछन्।

     

    कर्कट – CANCER

    हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    फाइदाकाे पछि लाग्दा नाम बिग्रन सक्छ। तापनि, गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। आज अरूलाई दिने नभई भित्र्याउने समय छ। दिएको धनमाल पछि आफैंलाई आवश्यक पर्न सक्छ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको साथ– सहयाेग प्राप्त हुनेछ। व्यापारमा अवश्यै लाभ हुनेछ। चुनौती पन्छाएर पनि काममा जग बसाउने मौका छ।

     

    सिंह – LEO

    मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    रचनात्मक काममा जुट्ने समय छ। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। उद्योग र व्यापारमा सामान्य फाइदै हुनेछ। गरिएका कर्मको सामान्य प्रतिफल पाइनेछ। तर, परिस्थितिले

    सोचेभन्दा फरक मोड लिन सक्छ। सानोतिनो काममा सञ्चित रकम खर्चनुपर्ला। बेलामा होस नपुर्याउँदा बाध्यतामा परिनेछ। व्यापारतर्फ हिसाबकिताबमा होसियार रहनुहोला।

     

    कन्या – VIRGO

    टो, प, पि, पु, ष, ण, ठ, पे, पो

    अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ।

     

    तुला – LIBRA

    र, रि, रु, रे, रो, ता, ति, तु, ते

    दिन रमाइलो रहनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। पहिलेको सफलताले हौसला जगाउनेछ। बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। बौद्धिक क्षमताको तारिफ हुनेछ भने व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs