
बलराम कोइराला
काठमाडौं । काठमाडौंको कुलेश्वर केन्द्रीय कार्यालय स्थापना भई सामाजिक क्षेत्रमा क्रियाशील संस्था नेपाल महिला विश्वासी संघले ललितपुर नख्खु स्थित एस.डब्लू.आई. सामाजिक संस्थाको भवनमा पाँच दिनको (EmpowHER) सशक्त, सशक्तिकरण तालिम सम्पन्न गरेको छ । जेठ १४ गते देखि १८ गतेसम्म संचालित तालिममा १८ वर्ष उमेर समूह देखि ३० वर्ष उमेर समूह सम्मका किशोरी एवम् महिलाको सहभागिता रहेको थियो । तालिममा १८ जिल्लाका २८ किशोरी एवम् महिलाहरुको सहभागिता रहेको संघकी कार्यकारी निर्देशक दौपदी रा्ेकायले बताउनु भयो । तालिममा सहभागी प्रशिक्षार्थी महिला तथा किशोरीहरुलाई लैङ्गिक समानता, प्रजनन स्वास्थ्य, नेतृत्व अभिबृद्धि आर्थिक सशक्तिकरण र मानव अधिकारका विषयमा क्षमता अभिवृद्धि गर्ने किशोरी तथा युवा महिलाहरुलाई प्रजनन स्वास्थ्य नेतृत्व अभिबृद्धि लैङ्गिक समानता, आर्थिक ससक्तिकरण मानव अधिकारका विषयमा सचेतना तथा पैरवी जस्ता कार्यक्रमहरुको क्षमता बृद्धि गर्ने सम्मानजनक अन्तरपुस्ता नेतृत्वलाई उत्साहित गर्ने उद्देश्यको साथै तनाव मुक्ति र खुशीयाली रहने र रहन सिकाउने सीपमूलक र सिर्जनात्मक क्षमताको अभिवृद्धि गराउने उद्देश्यले तालिमको आयोजना गरिएको थियो ।
होराइजनको आर्थिक सहयोगमा संचालित तालिममा ५ दिनसम्म विभिन्न विशेषज्ञहरुले तालिम प्रदान गर्नु भएको थियो । तालिम समापनको दिन सहभागि प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गर्दै समाज कल्याण परिषद्का सहनिर्देशक आनन्द थापा, रेडियो नेपालका कार्यक्रम अधिकृत बलराम कोइराला, चण्डी माध्यमिक विद्यालयका प्रधानाध्यापक दिनेश दाहाल, संस्थाकी कार्यकारी सदस्य निर्मला शाक्य लगायतले प्रमाण पत्र वितरण गर्नु हुँदै तालिमबाट प्राप्त सीप तथा ज्ञानलाई व्यवहारमा उतार्नु पर्ने कुरालाई जोड दिनु भएको थियो ।
प्रशिक्षार्थीहरु मध्य सरिता तामाङ, सुनो फेष्टा, अलिना वि.सी., अनिशा घिमिरे, सुन्तली सापकोटा लगायतको तालिममा सिकेका कुरा व्यवहारमा लगाउने प्रतिबद्धता व्यक्त गर्दै तालिमको अनुभव व्यक्त गरेका थिए । नेपाल महिला विश्वासी संघकी कार्यकारी निर्देशक द्रौपदी रोकायले २०५० सालमा सीमित महिलाहरुको समूहले खोलेको संस्था आज बृहत रुपमा अगाडि बढाइएको साथै तालिमलाई विशेष ध्यान दिएर महेन्द्रनगर, नेपालगंज, भक्तपुरको नाला लगायतका विभिन्न ठाउँमा तालिहरु दिदै आएको र महिलाहरुलाई हिंसा हैन मानव हिंसाकै अन्त्य हुनु पर्छ भनेर लागिरहेको बताउनु भयो । ३० वर्ष संस्थामा लागेर विशेष गरी घरेलु हिंसा पीडित दिदीबहिनीलाई संस्थागत सहयोग तालिम र सिर्जनात्मक सीपको व्यवस्थापन गरी यस संस्थाले महिला हितमा काम गर्दै आएको बताउनु भयो ।