यातायात व्यवसायी वुकिङ मजदुरहुरुले महानगरको निर्णय विरुद्ध आन्दोलन गर्ने घोषणा

  • कालिका खवर
  • बुधबार, जेष्ठ २४, २०८०
  • काठमाडौं । काठमाडौ महानगर पालिकाले असार १ गते बाट कलंकी बल्खु चावहिल कोटेश्वर लगायतको स्थान मा रहेको टिकट बुकिङ्ग काउन्टर हटाउन निर्णयको विरोध मा कलंकी टिकट वुकिङ मजदुर यातायात व्यवसायि हरुले विरोध जनायका छन । २४ गते बुधवार खाडा देवि फुडल्याण्ड मा एक कार्यक्रम गरि विरोध जनायका हुन । कार्यक्रममा स्वागत मन्तव्य दिदै नकुल शिवाकोटी ले महानगरको निर्णय विरुद्ध चरण बद्धआन्दोलन को घोषणा गर्ने बताउनु भयो ।

    त्यसैगरि महाकल्याणीका ललन सिंले महानगरले हामिलाई आन्दोलन गर्न वाध्य बनायको बताउनु भयो प्रमुख अतिथि रुद्र न्यौपानेले होटल व्यवसाय र यातायात व्यवसाय यक अर्काको परिपुरक भयको हुदा यातायात व्यवसायीलाई उचित व्यवस्थापन गर्नु पर्ने बताउनु भयो । कार्यकमका विशेष अतिथि श्री शिवाकोटीले सम्पूर्ण मजदुर साथिहरुलाई आफ्नो अधिकार को लागि एक जुट हुन आवान गर्नुका साथै राज्यले यातायात मजदुरहरु लाई श्रम कार्डको व्यवस्था मिलाउनु पर्ने बताउनु भयो  । त्यस्तै नेपाल माइक्रो प्रा.लि. का राम कुमार के.सि. ले महानगरको अवैज्ञानिक र अव्यवहारीक निर्णय को खुलेर विरोध गर्नु साथै जस्तो सुकै आन्दोलन गर्न तयार भयको बताउनु भयो  ।

    त्यसै गरि कलंकी टिकट बुकिङ काउन्टर का मन्नु खनाल खत्री  (दिनेश)ले पत्रकार हरु लाई जानकारी दिदै महानगरको निर्णय ले हजारौ मजदुर साथिहरुको रोजि रोटी गुम्ने भयको हुदा वैज्ञानिक ढंगवाट महानगरले विकल्प सहित निर्णय गर्नुपर्ने बताउनु भयो । सोहि कार्यक्रममा फूल कुमार बुडाथोकी को अध्यक्षतामा संघर्ष कमिटि समेत गठन भयको थियो उपाध्यक्ष ललन सिं उपाध्यक्ष रविद्र भूषाल सचिप नकुल शिवाकोटी सह सचिव मन्नु खनाल खत्री (दिनेश) सह सजिव नवराज घिमिरे सदस्यहरु वसन्त अर्याल , डेविल लामा (छिरिङ), गणेश ब.श्रेष्ठ का कमिटि गठन गरेका थिए।

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs