प्रसाईको गितमा वरिष्ठ संगीतकारहरुले स्वर

  • कालिका खवर
  • आइतवार, साउन २१, २०८०
  • रेकर्डिङ स्टुडियोहरुमा दिनहु सयौको मात्रामा नेपाली गीत रेकर्डिङ हुन्छन् । यो संगीतकारको आज यस्तो गीत रेकर्डिङ भयो,यो गायकले यतिवटा आज रेकर्डिङ गर्यो भन्ने कुरा आइरहदा त्यसमा प्राय: जसो मायाप्रेमका गीतहरु मात्रै रेकर्डिङ भएको सुनिन्छ वा देख्न पाइन्छ । यस्तो समयमा खेलकुद सम्बन्धि गीत भने खासै रेकर्डिङ भएको सुनिन पाइन्दैन। खेलगीत रेकर्डिङ नगन्य रुपमा मात्रै कहिलेकाही बजारमा आउँदछन।

    तर,काठमाडौं पुतलीसडकको निकै ब्यस्त एवान स्टुडियोमा इतिहास कायम गर्दै नेपालकै ख्याती प्राप्त वरिष्ठ संगीतकारहरुले एकैपटक खेलकुद गीत गाए । खेल विज्ञको रुपमा स्थापित खेलकर्मी डा.ओम कृष्ण प्रसाईको शब्दलाई वरिष्ठ संगीत निर्देशक सुरेश चन्द्र अधिकारीको संगीत निर्देशनमा ‘पहिलो झुल्को घामले’ बोलको खेलकुद गीत भव्य रेकर्डिङ हुने क्रममा वरिष्ठ संगीतकार स्वयम सुरेशचन्द्र अधिकारी तथा चेतन सापकोटा, बसन्त सापकोटा,बि.पि.वाग्ले,राज्य राई देमिन,रुद्र बोहरा, प्रिया सुबेदि, राजनी राई, तारा श्रेष्ठ, गंगा विष्ट,विशाल राई, शुष्मा लिम्बू,दीपा तामाङलेले समेत स्वर भरे।

    आफ्नो खेलकुद क्षेत्रको अनुभव,योगदानका कारण देशको इज्जत राख्नेहरुको सम्मानको खातिर यस्तो रेकर्डिङ गरेको र चाडै भिडियी समेत ल्याउने गीतकार डा.प्रसाईंले बताए।
    यसैगरी, गीतका संगीतकार अधिकारीले हजारौ गीत रेकर्डिङ गरियो तर यो गीत रेकर्डिङ गर्दा आज छुट्टै गर्व महसुस भैरकेको बताए।

    त्यस्तै ,स्वर भर्ने अन्य वरिष्ठ संगीतकारहरुले जिवनमा केही योगदान दिएको भन्ने भान भएको बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs